Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डीआईजी बढुवाका लागि सशस्त्र प्रहरीले निकाल्यो सूचना

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सूचना निकालेको छ ।

सशस्त्र मुख्यालय हल्चोकले बिहीबार सशस्त्रको साधारण उपसमूहमा रिक्त एक डीआईजीका लागि ७ दिनभित्र आवेदन दिन भनेको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिदुर खड्का अनिवार्य अवकाश भएपछि सो पद रिक्त रहेको थियो ।

सशस्त्र प्रहरीको बढुवा समितिको सचिवालयले बिहीवार सूचना निकाल्दै रिक्त रहेको एक् पदका लागि बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरुसहित फारम भरेर बुझाउन भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077