Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गृह मन्त्रालयले गठन गर्‍यो ‘प्रहरी कर्मचारी समायोजन समिति’

    गृह मन्त्रालयले गठन गर्‍यो ‘प्रहरी कर्मचारी समायोजन समिति’

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय ‘प्रहरी कर्मचारी समायोजन समिति’ गठन गरेको छ।

    शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दे प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको बताएका हुन् ।



    समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव सह-संयोजक, प्रहरी प्रधान कार्यालयका डिआइजी, गृहका उपसचिव सदस्य र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेका छन् । उक्त समितिमा रहेका व्यक्तिहरूको नाम गृहले सार्वजनिक गरेको छैन।



    ‘प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार