Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्रीलाई एमाले सचेतक बर्तौलाको ध्यानाकर्षण - मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्नू

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

बालकुमारीमा भएको घटनामा छानबिन समितिले मन्त्री ज्वालालाई दोषी देखाएकोले उनलाई एक मिनेट पनि मन्त्री पदमा रहने छुट नरहेको सचेतक बर्तौलालेको भनाई छ ।

शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ ।

बर्तौलाले सामाजिक सञ्जालमार्फत भनेका छन् –'एक महिना पहिले दुई जना युवाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ। मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन ।'

साथै बर्तौलाले मन्त्री ज्वालाविरुद्ध प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077