Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले कैलालीको अधिवेशन आजदेखि, उद्घाटन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडी नगरपालिकाको सुख्खडमा सरु हुने अधिवेशनको उद्घाटन गर्न लागेका हुन् ।

आइतबार र सोमबार गरी दुई दिनसम्म चल्ने अधिवेशनले एमाले कैलाली जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ ।

एमाले कैलालीले अधिवेशन सुरु हुनुअगावै अध्यक्ष सहितका पाँच पदाधिकारीमा आकांक्षीहरुलाई इच्छापत्र पेस गर्न भनेको थियो।
सोही अनुसार पार्टीका पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नालाई अध्यक्षसहित पाँच पदका लागि ५३ जनाले इच्छापत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077