Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रास्वपा कर्णालीका सबै कमिटी र विभाग विघटन

    रास्वपा कर्णालीका सबै कमिटी र विभाग विघटन

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 420
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा तीन महिने विशेष अभियान चलाउने भएको छ ।

    आइतबार बसेको रास्वपाको सचिवालयको बैठकले कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने ‘कर्णाली विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको हो ।



    अभियानमा सदनमा कर्णालीका मुद्दालाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमलाई व्यापकरूपमा अगाडि बढाउने निर्णय गरेको रास्वपाले जनाएको छ ।



    बैठकले पार्टीको विभिन्न केन्द्रीय विभागमा मनोनयन तथा जिम्मेवारी हेरफेर समेत गरेको छ । यस्ते रास्वपाले कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार