Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको बताएका छन्। सोमबार प्रजातन्त्र दिवसको शुभकामना दिँदै उनले ७ सालपछि भएका जनक्रान्ति प्रजातन्त्रकै जगमा भएको दाबी गरेका हुन्।

मुलुकमा बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि प्रजातन्त्र दिवसको अस्तित्व कायम रहेको उनले बताए।

‘नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्वपूर्ण रहेको छ। २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।’ घिमिरेले दिएको शुभकामना सन्देशमा भनिएको छ,‘२००७ सालमा प्रजातन्त्र आएको मुलुकमा बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ। तर, प्रजातन्त्र दिवसको अस्तित्व भने कायम रहँदै आएको छ। ००७ सालपछि भएका जति पनि जनक्रान्ति छन्, ती सबै प्रजातन्त्रकै जगमा भएको हो भन्ने मेरो बुझाइ छ।’

उनले ऐतिहासिक दिनमा मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उच्च सम्मान प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077