Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘डीएसपी हुँ’ भन्दै चालकलाई धम्क्याउने श्रेष्ठ रिहा

काठमाडौँ । ‘डीएसपी’ हुँ भन्दै काठमाडौंमा कार चलाइरहेका एक युवालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रवीण श्रेष्ठ रिहा भएका छन् ।

प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका श्रेष्ठ र विपक्षी चालक अंकित गुप्ताबीच छलफल गराएर मिलापत्र गरिएको हो ।

शनिवार काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग डीएसपी बताउने श्रेष्ठले ‘विवाद’ गरेका थिए । उनले चालकलाई अश्लील गालीगलौज गरेका हुन् ।

कुलेश्वर बस्दै आएका अंकित गुप्तालाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । प्रहरीको अनुसन्धानबाट श्रेष्ठ डीएसपी नभएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077