Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले भारतको गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपालले भारतको क्षेत्रीय टीमसँग टी-२० फ्रेन्डसीप कप खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले चैत १८ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। जसमा भारतको क्षेत्री टिम गुजरात र बरोडा रहेका छन् ।

नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकप तयारीका लागि तयारीस्वरूप भारतको दुई स्टेट टोलीसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको हो । तालिका अनुसार नेपालले चैत १८ गते गुजरातसँग खेल्नेछ।

त्यस्तै दोस्रो खेल चैत २० गते नेपाल र बरोडा, २१ गते नेपाल र गुजरात र २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ।

समूहको पहिलो र दोस्रो टिमले चैत २५ फाइनल खेल्नेछ। उक्त खेलहरू गुजरातको भापी रंगशालामा आयोजना हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077