Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ ।

एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

एमालेले केन्द्रीय कमिटी बैठकको ६ वटा कार्यसूची तय गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।

बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077