Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मन्त्री ज्वालालाई कारबाही गर्ने विषयमा आज टुंगो लाग्छ, प्रतिवेदनको अध्ययन जारी छ : प्रधानमन्त्री

    मन्त्री ज्वालालाई कारबाही गर्ने विषयमा आज टुंगो लाग्छ, प्रतिवेदनको अध्ययन जारी छ : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 573
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषयमा आज टुंगो लगाइने बताएका छन् ।

    मंगलबार बिहान बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले ज्वालाको विषय अध्ययन भइरहेको र अध्ययनपछि आजै के गर्ने भन्नेबारे टुङ्गो लगाइने बताए । गत शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।



    एमालेसहितका विपक्षी दलहरुले दोषी ठहर भएका मन्त्री ज्वालाको राजीनामा माग्दै आएका छन् । तर, हालसम्म न उनको राजीनामा आएको छ न त प्रधानमन्त्रीले नै बर्खास्त गरेका छन् ।

    ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको थियो ।

    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार