Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले र गठबन्धनलाई हराउँदै खानेपानीको अध्यक्षमा रास्वपाका उम्मेदवार निर्वाचित

    एमाले र गठबन्धनलाई हराउँदै खानेपानीको अध्यक्षमा रास्वपाका उम्मेदवार निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 735
    SHARES

    रुपन्देही । रुपन्देहीस्थित सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धन तथा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै रास्वपाका एकबहादुर क्षेत्री विजयी भएका हुन् ।



    दुई हजार ४०० मत खसेको चुनावमा क्षेत्री ७०५ मत पाएर विजयी भए । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१, नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खाणले २८१ मत पाए ।



    अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । कांग्रेस–माओवादी–एकीकृत समाजवादी–राष्ट्रिय जनमोर्चाको गठबन्धन भने शून्य भएको छ ।

    अधिकांश पदमा रास्वपाका उम्मेदवारहरूले सत्ता गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार