Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • स्वयम्भू घटना : दुई छोरीसहित मृत फेला परेकी ईश्वरीका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला

    स्वयम्भू घटना : दुई छोरीसहित मृत फेला परेकी ईश्वरीका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौंको स्वयम्भुमा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीका अनुसार सोलुखुम्बुका रामप्रसाद सुनार मृत फेला परेका हुन् ।



    आज विहानन उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।



    मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ तथा साढे २ वर्षीया शिवानी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ ।

    सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार