Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकारलाई एमालेका सचेतक बर्तौलाको प्रश्न - विधेयक पेस गर्न प्रतिपक्षले बहुमत पुर्‍याइदिनुपर्ने ?

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै सांसदहरूको कारणले संसद अवरोध भएको बताएका छन्।

प्रतिनिधिसभामा सांसदहरूको आरोप प्रत्यारोपछि बैठक स्थगित भएपछि सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

सचेतक बर्तौलाले आज संसद् प्रमुख प्रतिपक्ष दलले अवरोध नगरेको प्रष्ट पारे ।

सचेतक बर्तौलाले भने,‘संसदलाई गलत दिशातर्फ लाने काम सत्तापक्षकै सांसदहरूले गर्नुभएको छ । संसदमा प्रतिपक्षले सरकारलाई खबरदारी गर्न पाउँछ कि पाउँदैन ? सरकारले कानूनभन्दा बाहिर गएर जे गतिविधि रहेका छन् । सरकार बहुमतमा छ भन्ने अनि हामीले बहुमत पुर्‍याइदिनुपर्ने ?’

उनले संसद्‍मा छलफलको लागि एक चौथाइ सामर्थ्य नदेखाउने सरकार अनि प्रतिपक्षलाई प्रश्न गर्न मिल्छ ? भन्दै प्रश्न गरे ।

सांसदहरूबीचको आरोप प्रत्यारोपछि १५ मिनेटका लागि स्थगित भएको बैठक अझै सुरू हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077