Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सरकारलाई एमालेका सचेतक बर्तौलाको प्रश्न – विधेयक पेस गर्न प्रतिपक्षले बहुमत पुर्‍याइदिनुपर्ने ?

    सरकारलाई एमालेका सचेतक बर्तौलाको प्रश्न – विधेयक पेस गर्न प्रतिपक्षले बहुमत पुर्‍याइदिनुपर्ने ?

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 432
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै सांसदहरूको कारणले संसद अवरोध भएको बताएका छन्।

    प्रतिनिधिसभामा सांसदहरूको आरोप प्रत्यारोपछि बैठक स्थगित भएपछि सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।



    सचेतक बर्तौलाले आज संसद् प्रमुख प्रतिपक्ष दलले अवरोध नगरेको प्रष्ट पारे ।



    सचेतक बर्तौलाले भने,‘संसदलाई गलत दिशातर्फ लाने काम सत्तापक्षकै सांसदहरूले गर्नुभएको छ । संसदमा प्रतिपक्षले सरकारलाई खबरदारी गर्न पाउँछ कि पाउँदैन ? सरकारले कानूनभन्दा बाहिर गएर जे गतिविधि रहेका छन् । सरकार बहुमतमा छ भन्ने अनि हामीले बहुमत पुर्‍याइदिनुपर्ने ?’

    उनले संसद्‍मा छलफलको लागि एक चौथाइ सामर्थ्य नदेखाउने सरकार अनि प्रतिपक्षलाई प्रश्न गर्न मिल्छ ? भन्दै प्रश्न गरे ।

    सांसदहरूबीचको आरोप प्रत्यारोपछि १५ मिनेटका लागि स्थगित भएको बैठक अझै सुरू हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार