Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागीमा परी चार वर्षीय बालकको मृत्यु

झापा । झापामा आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका–४ भानटोली निवासी इनाम हुसेन शेखको ४ वर्षीय छोरा अपित हुसेन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घर नजिकै रहेको परालको कन्यूमा अचानक आगो लागेको र सोही आगो घरमा सल्किएर हुसेनको मृत्यु भएको हो ।

आगलागीमा परी बालकको मृत्यु भएसँगै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मिलन केसी सहितको टोली घटनास्थल पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077