Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कैलालीमा दुई लाख ५८ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

    कैलालीमा दुई लाख ५८ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 618
    SHARES

    कैलाली । जिल्लामा २ लाख ५८ हजार बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ ।

    नौ महिनादेखि १५ वर्ष उमेरसमूहका करिब २ लाख ५८ हजार १६५ बालबालिकाहरुलाई खोप लगाउन लागिएको हो ।



    स्वास्थ्य कार्यालय कैलालीका अनुसार ९६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचालन गरेर खोप दिन लागिएको छ ।



    खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालयको अनुरोध छ ।

    यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा २९२ स्वास्थ्यकर्मीहरु परिचालन गरिने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

    खोप अभियानकै क्रममा नियमित खोप छुटेका बालबालिकालाई पनि छुट खोप दिइने छ । नियमित खोप छुट भएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह छ ।

    सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार