Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा ज्ञानेन्द्र शाहीले घाँटी काटेर नआएको भनेपछि...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफू संसदमा कसैको घाँटी काटेर गुडिरहेको बसमा बम पड्काएर नआएको बताएका छन् ।

सांसद शाहीले माओवादी केन्द्रलाई लक्षित गर्दै यस्तो भनेका हुन् । सांसद शाहीले यस्तो भनेपछि संसदमा केहीबेर हंगामा भएको छ ।

सांसद शाहीले आइतबारको बैठकको विशेष समयमा बोल्दा घाँटी काटेर नभएको भनेपछि सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए ।

त्यसपछि बैठकमा केहीबेर हंगामा भएको थियो । सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्दै धारणा राखेका थिए ।

शाही बोल्दा बोल्दै माओवादीका सांसद पाण्डेले नियमापत्ति गरेका थिए । पाण्डेको नियमापत्तिपछि कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताएका थिए ।

शर्माले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077