Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालविरूद्ध नेदरल्यान्ड्सका दुवै ओपनर आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालविरुद्ध १७३ रनको लक्ष्य पछ्याएको नेदल्यान्ड्सले दोस्रो विकेट गुमाएको छ ।

आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सको नेपालले नवौं ओभरमा पहिलो विकेट लिएका थिए । त्यस लगत्तै ललित राजवंशीले दोस्रो विकेट लिएका हुन् ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरे। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

यस्तै अर्का ‌ओपनर म्याक्स ओ'डाउद २८ रन जोडेर आउट भएका छन्।

उनलाई नेपालका ललित राजवंशीले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए। दोस्रो विकेट जाँदा नेदरल्यान्ड्सले ११.४ ओभरमा ७१ रन जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077