Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नारायणी अस्पतालमा नवजात शिशु छोडेर आमा बेपत्ता

    नारायणी अस्पतालमा नवजात शिशु छोडेर आमा बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 597
    SHARES

    वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा शिशु छाडेर आमा बेपत्ता भएकी छन् ।

    छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक महिलाले नवजात शिशु छाडेर हिँडेकी हुन् ।



    १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्मदिएकी थिइन् ।



    तर, साँझ ती महिला र उनको सासु बच्चालाई छाडेर सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय, पर्सामा जानकारी आएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार, ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएकी थिइन् ।

    प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको जस्तो देखिएको जनाएको छ । उनीहरुले मोबाइल नम्बर पनि टिपाएका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार