Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नारायणी अस्पतालमा अख्तियारको छापा, परिसरमा मच्चियो खैलाबैला

    नारायणी अस्पतालमा अख्तियारको छापा, परिसरमा मच्चियो खैलाबैला

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 1.7K
    SHARES

    पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाले नारायणी अस्पतालमा छापा मारेको छ।

    आइतबार आयोगका उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा ५ सदस्यीय छानविन टोलीले वीरगंजस्थित नारायणी अस्पतालको फार्मेसीमा छापा मारेको क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख अर्जुनप्रसाद शर्माले जानकारी दिए ।



    प्रमुख शर्माका अनुसार विभिन्न सञ्चार माध्यममा नारायणी अस्पतालको फार्मेसीले १ करोड २३ लाख अनियमितता भएको भन्ने समाचार प्रकाशित भएपछि सो को सम्बन्धमा छानबिन गर्न छापा मारेको हो।



    यस सम्बन्धमा थप जानकारी आइसकेको छैन । अस्पताल स्रोतका अनुसार अख्तियारले छापा हानेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार