Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नक्कली लाइसेन्सबिरुद्ध उत्रिएका डीजी रिजाललाई सचिवकै असहयोग, बिचौलियाको जालो नै शक्तिशाली

    नक्कली लाइसेन्सबिरुद्ध उत्रिएका डीजी रिजाललाई सचिवकै असहयोग, बिचौलियाको जालो नै शक्तिशाली

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 900
    SHARES

    काठमाडौं । यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि नक्कली लाइसेन्स घोटालाका बिचौलियाहरुले कालोमोसो दलेर कार्यालयमै दुव्र्यवहार गरेको १४ दिन बितिसक्दा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एउटा विज्ञप्तिसम्म निकालेको छैन ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले मातहतका विभागीय प्रमुखमाथि दुब्र्यवहार हुँदा एउटा विज्ञप्तिसम्म निकालेर बिरोध गरेका छैनन् । गएको माघ २९ गते क्रान्तिकारी युवा संगठनको आवरणमा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का बिचौलियाहरुले महानिर्देशक रिजाललाई कालोमोसो दलेका थिए ।



    एक लाख नक्कली लाइसेन्स जारी गर्नेहरुबिरुद्ध कारबाहीमा उत्रिएका महानिर्देशक रिजालमाथि आत्रमण हुँदा पनि अभिभावको भूमिकामा रहेका भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्माले त्यसलाई गम्भीरतापूर्वक नलिंदा कर्मचारीको मनोबल गिर्न पुगेको छ ।



    मुख्यसचिव बैकुन्ठ अर्यालले समेत महानिर्देशकमाथि भएको आक्रमणको बारेमा गम्भीररुपमा लिएर तत्काल दोषीमाथि कारबाही गर्न कदम चाल्न नसकेपछि राष्ट्रसेवक कर्मचारीमाथि एकपछि अर्को दुब्र्यवहारका घटना भइरहेका छन् । दुग्ध विकास संस्थान, सीटीईभीटीका प्रमुखमाथि आक्रमण भइसकेको छ ।

    नक्कली लाइसेन्स जारी गर्नेहरुमाथि कारबाहीमा सहयोग नगर्ने कर्मचारीहरु सरुवाका लागि महानिर्देशक रिजालले पटक पटक अनुरोध गर्दा पनि सचिव शर्माले त्यसलाई सुनुवाइ गरेका छैनन् ।

    महानिर्देशक शर्माले यातायात ब्यवस्था विभागका उपसचिव, मेकानिकल इन्जीनीयरसहितका ५ जना कर्मचारी सरुवा गर्नका लागि पटक पटक अनुरोध गरे पनि अहिलेसम्म पनि उनीहरु विभागमै रिजालको नक्कली लाइसेन्स छानबिनलाई प्रंभावहीन बनाउन तल्लीन छन् ।

    त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव सुरेश श्रेष्ठको संयोजकत्वमा महानिर्देशक रिजालमाथि भएको दुब्र्यवहार छानबिन गर्न गठित समितिले प्रतिवेदन पनि सचिव शर्माले गोप्य राखेका छन् । उक्त प्रतिवेदनका बारेमा मिडियामा सूचना नचुहाउन उनले मन्त्रालयका कर्मचारीलाई सचेत गराएका छन् ।

    नक्कली लाइसेन्स जारी गराउने कर्मचारीमाथि कारबाहीमा उत्रिंदा दुब्यर्वहार सहेका रिजाललाई मन्त्रालयको प्रशासनिक नेतृत्वले असहयोग गरेको देख्नेहरु भन्न थालेका छन्–‘ नक्कली लाइसेन्सको गिरोह कति शक्तिशाली छ भन्ने कुरा यातायात ब्यवस्था विभागको अहिलेको नेतृत्वमाथि भएको ब्यवहारबाटै प्रष्ट हुन्छ नि ।’

    महानिर्देशक रिजालले १ लाख नक्कली लाइसेन्स बितरण गर्नेमाथि कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई पत्राचार गरेका छन् । तर सीआईबीको छानबिन सुस्त देखिनुले बिचौलियाको जालो शक्तिशाली भएको र उसको प्रभावमा दोषीहरु उम्किने संभावना देखिन थालेको छ ।

    सबैभन्दा बढी नक्कली लाइसेन्स पूर्वमहानिर्देशक रुपनारायण भट्टराईका पालामा बितरण भएका थिए । यातायात क्षेत्र सुधार गरेको झ्याली पिटेका उनको पालामा ३१ हजार ६ सय फर्जी लाइसेन्स बितरण भएका थिए । गोगन हमाल महानिर्देशक हुँदा १० हजार ५ सय ३५ फर्जी लाइसेन्स जारी भएका थिए ।

    फर्जी लाइसेन्स बितरण गर्ने यातायात ब्यवस्था बिभागका पूर्व महानिर्देशकहरुमा चन्द्रमान श्रेष्ठ, लावण्य ढकाल, रुपनारायण भट्टराई, सुरेश राउत, रुपनारायण भट्टराई, कुमारप्रसाद दाहाल, नमराज घिमिरे, नारायणप्रसाद भट्टराई, गोगन हमाल हुन् ।

    विद्युतीय सवारीचालक अनुमतिपत्र प्रणाली (ईडीएल) लागु भएको सुरुवाती चरणमा महानिर्देशक भएका चन्द्रमान श्रेष्ठको पालामा १ हजार ४५९ नक्कली लाइसेन्स वितरण भएक थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार