Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपनिर्वाचनका लागि रास्वपाले इलाम-२ मा खटायो सहमहामन्त्री बुर्लाकोटी

    उपनिर्वाचनका लागि रास्वपाले इलाम-२ मा खटायो सहमहामन्त्री बुर्लाकोटी

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 753
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाउने भएको छ ।

    सोमबार साँझ बसेको पार्टी सचिवालयको बैठकले इलाममा सहमहामन्त्रीलाई खटाउने निर्णय गरेको हो ।



    एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेको छ ।



    इलामको बसाइमा बुर्लाकोटीले स्थानीयसँग भेटघाट, उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने छन् ।

    बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ०७९ मंसिर ४ गते भएको संघीय निर्वाचनमा गोरखा २ बाट उम्मेदवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार