Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेशसभा सञ्चालनका लागि सहमति जुटाउन बागमतीमा सर्वदलीय बैठक जारी

हेटौँडा । बागमती प्रदेशसभा सञ्चालनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा सभामुखकै निवास हेटौँडामा सर्वदलीय बैठक बसिरहेको हो ।

यसअघि बसेको बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबिचको पूर्व निर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन ।

सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी आज फेरि बैठक बसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077