Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंकर्स पक्राउबारे आपत्ति जनाउँदै चार संघले भने – हस्ताक्षरकै आधारमा पक्राउ गर्न हुँदैन

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमको पालना गरेको भन्दै चार संघले प्रहरीको धरपकडप्रति आपत्ति जनाएका छन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि भएको धरपकडप्रति आपत्ति जनाएका हुन् ।

धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेसहित ११ जना बैंकर्सलाई पक्राउ गरेको थियो ।

बैंकिङ क्षेत्रका मान्य सिद्धान्तहरूसमेतको पालना गरी पारदर्शी तरिकाले बैंकिङ कारोबार गर्दै आएका वित्तीय संस्थाका कर्मचारीलाई हस्ताक्षरकै आधारमा पक्राउ गर्न नहुने उनीहरूको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077