Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फुटपाथ व्यवसायी र नगर प्रहरीबीच सुन्धारामा झडप, ७ जना घाइते

काठमाडौं । काठमाडौंको सुन्धारामा फूटपाथ व्यवसायी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच झडप भएको छ ।

बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो ।

सो झडपमा परी कम्तीमा ७ जना प्रहरी घाइते भएको बताइएको छ । उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ ।

शहरमा फूटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ ।

तर साँझ ७ बजेपछि नै फूटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधवार साँझ नगर प्रहरीले व्यवसायीलाई हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077