Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले सांसद थापाले भने - प्रधानमन्त्री हराउनुभयो, खोजी गरिपाऊँ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्रीको खोजी गर्न माग गरेका छन् ।

संसद बैठकमा विशेष समय लिएर बोलेका सांसद थापाले सभामुखले रुलिङका बाबजुद प्रधानमन्त्री संसदमा नआएकोमा असन्तुष्टि जनाएका हुन्।

दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएको भन्दै सांसद थापाले भने,‘सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन, सरकार हरायो । प्रधानमत्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो ।’

प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति बनाउने हो कि संसद स्थगित गर्ने भनेर उनले प्रश्न गरे ।

उनले सरकार संसद्प्रति जवाफदेही बनेको आरोप लगाए । उनले बालकुमारी घटनामा सरकारी आयोगले नै दोषी देखिएका मन्त्रीलाई बर्खास्ता गर्न कसले रोक्यो ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077