Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाइट क्लबमा काम गर्ने युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । नाइट क्लबमा काम गर्ने युवतीमाथि गोठाटारमा सामूहिक बलात्कार भएको छ ।

माघ २० मा दुई जना मिलेर २२ वर्षीया युवतीलाई गोठाटारस्थित एउटा होटलमा बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले सिन्धुपाल्चोक घर भएका पदम घयाम्जो तामाङलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अभियुक्त तामाङ ट्याक्सी चालक हुन् । बलात्कारमा संलग्न अर्का एक जना फरार छन् ।

दरबारमार्गस्थित रात्रि क्लबमा काम गर्ने युवतीलाई उनीहरुले गोठाटारमा लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077