Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेलले उद्घाटन गरेको ‘कोटिहोम’ को हवनकुण्डमा आगलागी

    राष्ट्रपति पौडेलले उद्घाटन गरेको ‘कोटिहोम’ को हवनकुण्डमा आगलागी

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 3.1K
    SHARES

    अछाम । साँफेबगर नगरपालिका–१ स्थित वैद्यनाथ धाममा जारी कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ ।

    वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी भएको हो । सो आगलागीबाट हवनकुण्ड जलेर नष्ट भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।



    हवन गर्नेक्रममा आगोको झिल्कोले खरले छाएको कुण्डमा आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । स्थानीय, दर्शनार्थी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।



    १४४ वर्षपछि वैद्यनाथ धाममा कोटिहोम फागुन १० गतेबाट सञ्चालन भइरहेको छ । कोटिहोमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । फागुन १० गतेबाट सञ्चालन भइरहेको कोटिहोम २५ गतेसम्म चल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार