Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • १४४ वर्षपछि वैद्यनाथ धाममा ‘कोटिहोम’, तयारी तीव्र

    १४४ वर्षपछि वैद्यनाथ धाममा ‘कोटिहोम’, तयारी तीव्र

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 954
    SHARES

    कैलाली । नेपालका चार धाम मध्यको एक अछामको वैद्यनाथ धाममा आउँदो फागुन १० गतेदेखि कोटिहोम लाग्दैछ । सो कोटिहोम एक सय ४४ बर्षपछि लाग्न लागेको हो । जसको तयारी यति बेला तीव्र छ ।

    अहिले मुल आयोजक समितिले विभिन्न ३५ वटा समिति बनाएर काम अघि बढाएको छ । कोटिहोम मुल आयोजक समितिका प्रतिनिधिहरु यति बेला प्रचारप्रसारका लागि देश दौडाहामा छन् ।



    साँफेबगर नगरपालिकाका निवर्तमान मेयर कुल बहादुर कुँवर, प्रदेश सभा सदस्य मेघराज खड्का र प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवर लगायतको टोली कोटिहोमको तयारीमा व्यस्त छ ।



    सोही अवसरमा शनिबार कैलालीको धनगढीमा फागुन १० देखि २५ गते महाशिवरात्रिसम्म महायज्ञ आयोजना हुने मुल आयोजक समितिका संयोजक प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले कोटिहोमबारे जानकारी गराए ।

    उनले फागुन १० देखि २५ गते महाशिवरात्रिसम्म लाग्ने महायज्ञको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने बताए । उनका अनुसार महायज्ञमा झन्डै डेढ करोड खर्च हुने अनुमान छ । महायज्ञमा पाँच वटा मण्डप रहने महायज्ञ आयोजक समितिले जनाएको छ ।

    साथै एक सय २५ व्राह्मणबाट हवन पूजा, सवा करोड दिप प्रज्ज्वलन गरिनेछ । संयोजक कुँवरले कोटीहोममा कथाबाचन प्रा. भवानीप्रसाद खतिवडाले गर्ने बताए ।

    हालसम्म ८० लाख महायज्ञको लागि विभिन्न ठाँउबाट सहयोग जम्मा भएको आयोजकको भनाई छ । कोटिहोमबाट प्राप्त आम्दानीबाट बैद्यनाथ धाममा आयुर्वेदिक अस्पताल सञ्चालनमा ल्याउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार