Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वैद्यनाथ कोटिहोमबाट चार करोडभन्दा बढी आर्थिक संकलन, नगद मात्रै ३ करोड २५ लाख !

    वैद्यनाथ कोटिहोमबाट चार करोडभन्दा बढी आर्थिक संकलन, नगद मात्रै ३ करोड २५ लाख !

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 582
    SHARES

    अछाम । अछामको वैद्यनाथ धाममा सञ्चालित कोटिहोम महायज्ञबाट चार करोडभन्दा बढी रुपैयाँ संकलन भएको छ । साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो ।

    फागुन १० देखि २५ गतेसम्म सञ्चालन भएको विराट् ऐतिहासिक वैद्यनाथ कोटिहोम महायज्ञमा गद तथा भूमि दानबाट सो रकम बराबरको आम्दानी भएको कोटिहोम मूल आयोजक समितिले जनाएको छ । कोटिहोम महायज्ञबाट नगद मात्रै तीन करोड २५ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ ।



    मूल आयोजक समितिका उपाध्यक्ष कुलबहादुर कुँवरका अनुसार पालिकाहरू बाट ५१ लाख, विभिन्न ठाउँहरूबाट निर्णय गरिएको रकम, केही नगदी रसिद ठेली रकम पनि आउन बाँकी छ ।



    यस्तै धान बिक्री, दान पेटिका रकम, चेक केलेरिङ रकम, बचेको घिउ, तेल, तिल, जौ, चामल मोटो, मसिनो, पिठो, सुजीको रकम पनि आम्दानीमा थप हुने समितिका उपाध्यक्ष कुँवरले बताए । यस्तै करिब १५ लाख बराबरको जग्गा पनि प्राप्त भएको छ ।

    साथै अहिलेसम्म एक करोड ५५ लाख ४७ हजार खर्च भुक्तानी भएको छ भने एक करोड ७० लाख २६ हजार बचत रहेको उनले जानकारी दिए । यस्तै उनका अनुसार ४९ लाख १० हजार उदारो तिर्न बाँकी रहेको छ । अबको केही हप्ताभित्र सम्पूर्ण आयव्यय सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

    पवित्र तीर्थस्थल वैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण संवर्द्धनको लागि कोटिहोम महायज्ञ कोशेढुंगा साबित भएको आयोजकको दाबी छ ।

    वैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण संवर्द्धन, समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सुदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेदे माविमा स्तरोन्नति, लोक संस्कृति, लोककला, लोकगाथाको संरक्षण संवर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गरिएको थियो ।

    यही फागुन १० देखि २५ गतेसम्म १४४ पछि वैद्यनाथ धाममा कोटिहोम महायज्ञ लागेको थियो । कोटिहोमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार