Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झलनाथ खनाल र विप्लवबीच डल्लुमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

उनीहरूबीच खनालको निवास डल्लुमा भेटवार्ता भएको हो । भेटमा देशको वर्तमान अवस्था, कम्युनिस्ट एकताको समस्या र सम्भावना र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

मोर्चामा सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । यस्तै शनिबार बिहान प्रधानमन्त्रीलाई भेट्न खनाल बालुवाटार पुगेका थिए ।

बिहान प्रधानमन्त्री र बेलुका विप्लवसित भएको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077