Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • समयसापेक्ष संविधान संशोधन जरुरी छ : पूर्वराष्ट्रपति यादव

    समयसापेक्ष संविधान संशोधन जरुरी छ : पूर्वराष्ट्रपति यादव

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

    सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला फाउण्डेशनको आयोजनामा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनका चुनौती र आजको राजनीति’ विचारगोष्ठी कार्यक्रममा उनले वर्तमान संविधान जारी गर्न स्व. कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे ।



    “वर्तमान संविधान जारी हुनुमा निष्ठावान र इमान्दार राजनीतिज्ञ तत्कालीन प्रधानमन्त्री कोइरालाको भूमिका महत्तवपूर्ण छ । उहाँ अनुशासित एवं तपस्वी नेता हुनुहुन्थ्यो”, पूर्वराष्ट्रपति यादवले भने ।



    त्यस अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्ने भन्दै त्यसको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार