Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस नेता सिंहले भने - लोकप्रिय हुने नाममा पार्टीलाई कमजोर नबनाऔं

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय हुने नाममा पार्टीलाई कमजोर बनाउन नहुने बताएका छन्।

चितवनको रत्ननगरमा भएको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । नेता सिंहले पार्टीभित्र केही असन्तुष्टि रहे पनि यी तमाम असन्तुष्टिको समाधान गर्दै जानुपर्ने बताए।

नेता सिंहले भने,‘अरूलाई दोष देखाएर आफ्नो जिम्मेवारीबाट भागेर अगाडि बढ्न खोज्ने प्रवृत्ति बढ्दै गएकोले कांग्रेस सचेत हुनुपर्छ । कांग्रेस ठूलो पार्टी भएकोले आन्तरिक जीवनलाई पनि व्यवस्थापन गर्नुपर्छ।’

उनले नेतालाई मात्र गाली गरेर नहुने पनि बताए। उनले पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्नुपर्ने बताए।

फरक प्रसंगमा उनले तत्काल गठबन्धनभित्र कुनै समस्या नदेखिएको बताए। गठबन्धनको राजनीतिमा इमान्दारिताका साथ अगाडि बढ्‍नुपर्ने नेता सिंहको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077