Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • निमन्त्रणा ‘कार्ड’मा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य

    निमन्त्रणा ‘कार्ड’मा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 1.1K
    SHARES

    रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले बालविवाह न्यूनीकरण गर्न सक्रियता देखाएको छ।

    नगरपालिका वडा तीनले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको हो।



    बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ ।



    वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको छ। यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार