Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रास्वपाले सभापति लामिछानेलाई दियो राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार

    रास्वपाले सभापति लामिछानेलाई दियो राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 447
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।

    आइतबार बिहान हात्तीगौंडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
    संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ ।



    अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ ।



    यता बालुवाटारमा पनि नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ । उता जनता समाजवादी पार्टी (जसपा) नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार