Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संघीय निजामती सेवा विधेयक संसदमा दर्ता

    संघीय निजामती सेवा विधेयक संसदमा दर्ता

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 558
    SHARES

    काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ता गराएको हो । यो विधेयकले निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल हुने विश्वास गरिएको छ ।



    कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको हो ।



    विधेयकमा कर्मचारीको तलब भत्ता, सञ्चयकोष, बिमा, उपचार खर्च, उपदान लगायतका विषय समेत विधेयकमा समेटिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार