Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीका नेता खनालले भने – नयाँ गठबन्धनबारे कुनै निर्णय गरेनौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अप्रत्यासित कदम चालेको बताएको छ।

कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भनेको हो ।

सचिवालय बैठकपछि सम्मानित नेता झलनाथ खनालले अहिले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।

नेता खनालले भने, ‘यो नयाँ गठबन्धनका नीति र कार्यक्रम के हुन्छन् । यसको प्रक्रिया र चरित्र के हो ? त्यो थाहा पाएको छैन । त्यसबारेमा उहाँहरूले कुराकानी गर्नुभयो भने भने हामीले फाइनल दृष्टिकोण बनाउन मिल्छ ।’

उनले प्रधानमन्त्री प्रचण्डले यो गठबन्धनबारे कुनै छलफल नगरेको बताए । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि सँगै लैजाने निर्णय गरेको थियो ।

यसमा एमालेको धारणा भने बाहिर आएको छैन । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेका कदमको सम्भावना, राम्रा नराम्रा पक्षहरूको विश्लेषण गरेरमात्रै निर्णय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077