Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रकाशशरण महतले भने - मेरो कारण गठबन्धन टुटेको होइन, प्रचण्ड धोकेबाज हुन्

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरूले राम्रो काम गर्दागर्दै प्रधानमन्त्रीले धोका दिएको दाबी गरेका छन् ।

मंगलबार बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको संवादमा निर्वतमान अर्थमन्त्रीसमेत रहेका महतले यस्तो दाबी गरेका हुन् ।

उनले आफ्नो कारणले सरकार र गठबन्धन टुटेको दाबी कपोकल्पित भएको स्पष्टीकरण दिए ।

अर्थतन्त्रमा लयमा ल्याउँदै गर्दा लगानी सम्मेलन र विश्व बैंकको सम्मेलनको मुखमा प्रचण्डले धोका दिएर नयाँ गठबन्धन बनाएको महतको भनाइ छ ।

उनले आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गरेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077