Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपाललाई कांग्रेस सभापति देउवाको प्रस्ताव - प्रधानमन्त्रीले धोका दिए, अब सँगै मिलेर जाऔं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मिलेर जान आग्रह गरेका छन्।

बुधबार बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन्।

देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको भन्दै नेपाललाई अब सँगै मिलेर अगाडि जान प्रस्ताव गरेको स्रोतले बतायो ।

जवाफमा अध्यक्ष नेपालले केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने बताएका थिए ।

मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

नयाँ गठबन्धनमा सामेल भएर सरकारमा जाने कि नजाने भन्ने एकीकृत समाजवादीले आजको सचिवालय बैठकबाट निर्णय गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077