Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सत्तास्वार्थकै लागि सरकार गिराउने खेल चल्यो : बाबुराम भट्टराईले

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केही मान्छेको सत्ता स्वार्थका लागि सरकार बनाउन गिराउने खेल भइरहेको बताएका छन्।

काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले बिशुद्ध केही मान्छेको सत्ता स्वार्थका लागि सरकार बनाउने गिराउने खेलले व्यवस्थाप्रति नै वितृष्णा बढाउने बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जोगाउनका लागि साथ दिइरहेका मानिसहरूबाटै यसमा खतरा उत्पन्न भएको बताए।

अध्यक्ष भट्टराई ती व्यक्ति र त्यस्ता पार्टीहरूको पछि नलाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077