Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुलीमा महिलाको शव फेला

सिन्धुली । सिन्धुलीमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको तीनपाटन गाउँपालिका ४ बालाजोरगाउँको बाँस झ्याङमा स्थानीय ४२ वर्षीया खडकमाया भुजेलको शव गएराति भेटिएको हो ।

राति साढे ९ बजे स्थानीयले महिलाको शव भेटिएको जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले उनका श्रीमान मार्फत् शवको पहिचान गराएको प्रहरीले जनाएको छ ।

भुजेल गत आइतबार कसैलाई नसोधी घरबाट निस्किएकी परिवारले बताएको छ।

घटनाको प्रारम्भिक अनुसन्धान सकेर शव पोष्टमार्टम गरी उनका श्रीमानलाई प्रहरीले बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077