Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हिँड्दाहिँड्दै काँध गल्यो भनेर फेर्ने छुट सरकारलाई छैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असफल हुने छुट नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बर्तौलाले सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्।

प्रमुख सचेतक बर्तौँलाले भने,‘यो सरकार लुलो हुने छुट छैन। यो सरकारलाई कमजोर हुने छुट छैन। असफल हुने छुट छैन। यो सरकारले समग्र देशको हितमा काम गर्ने सामर्थ्य राख्नुपर्छ। हिँड्दाहिँड्दै काँध गल्यो भने पनि काँध फेर्ने छुट छैन। हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने अवस्थाको वातावरण बनाउने छुट छैन।’

बर्तौलाले यतिबेला नेकपा एमाले सहितको सहभागितामा नयाँ सरकार बनेको भन्दै आफूहरूको आसनहरू परिवर्तन भएको बताए। सोही क्रममा आफ्ना भूमिकाहरू फेरिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077