Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रचण्डलक्षित कांग्रेस सांसद खतिवडाको व्यंग्य - काँध मात्र होइन, खुट्टा पनि फेरिरहनुस्

काठमाडौं । नेपाली कांग्रेस सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग नयाँ समीकरण बनाएकोमा कटाक्ष गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्री प्रचण्डले राजनीतिक चरित्र नदेखाएको आरोप लगाएका हुन् ।

सांसद खतिवडाले भने, ‘हराएको प्रधानमन्त्री भेटेकोमा बधाई छ । सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितले न्याय पाउन्, सरकारी ठगीले कारबाही पाओस् । उपप्रधानमन्त्रीको लस्करले पहिलो लाइन भरिएको छ । अझ तलसम्म पुगोस् । काँध फोर्ने होइन, खुट्टा पनि फेरिरहनुहोस ।’

सांसद खतिवडाले प्रचण्डलाई काँध मात्र नभइ खुट्टा पनि फेरिरहन शुभकामना दिए ।

सांसद खतिवडाले प्रचण्डले एउटा दलसँग इन्गेजमेन्ट गरेर अर्कै दलसँग विवाह गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077