Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिटरब्याज पीडितहरूको ऋण सरकारले मिनाहा गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मिटरब्याज पीडितहरूको निश्चित ऋण मिनाहा गर्नुपर्ने बताएका छन्।

मिटरब्याज पीडितहरूको आन्दोलनमा बिहीबार सहभागी भएका अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

उनले सरकारले मिटरब्याज पीडितका निश्चित ऋण मिनाहा गर्नुपर्ने बताए। उनले जनयुद्धताका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाह घोषणा गर्न सरकारलाई आग्रह गरे।

लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन पनि उनले आग्रह गरेका छन्। भट्टराईले गरिब निमुखाहरुलाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घर जग्गा कब्जा गर्ने क्रम रोकिनुपर्ने बताए।

उनले आफ्नो समस्या समाधानका लागि काठमाडौं आएका मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने जिकिर गरे। भट्टराईले माग पूरा हुन नसके मिटरब्याज पीडित लगायतले नयाँ विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077