Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

स्याउ खेतीका लागि जुम्ला पुगे विप्लव !

जुम्ला । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन् ।

महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए ।

पार्टीको निर्णयअनुसार सामुहिक च्याउखेती सुरु गर्न लागिएको जनाइएको छ । कुल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको जनाइएको छ ।

नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्नेछ । पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामूहिक स्याउखेती सुरु गरिएको महासचिव विप्लवले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077