Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखा-२ बाट आफैँ चुनाव लड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

अध्यक्ष भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।

२०७९ मंसिरमा भएको चुनावमा भट्टराई गोरखा २ मा उम्मेदवार भएका थिएनन्। तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड गोरखा २ मा साझा उम्मेदवार बनेर विजयी भएका थिए।

दाहाललाई जिताउन भट्टराई पनि सक्रिय भएर गोरखाका गाउँ-गाउँ पुगेर मतदाता भेटेका थिए।  ०७९ को चुनावमा नेसपाले माओवादीको चुनाव चिन्हबाट निर्वाचन लडेको थियो।

तर प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका भट्टराईले निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र लेखेर आफ्ना २ सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077