Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई सिटौलाले भने - हामीमाथि धोकाधडी भयो, सजिलै टुंगिन्छ नसोच्नुहोला !

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन् ।

राष्ट्रियसभा अध्यक्षका लागि हुने निर्वाचन नजिकिएसँगै बालुवाटारमा सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

भेटमा प्रचण्डले धोकाधडीको राजनीति सुरु गरेको भन्दै सिटौलाले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् । स्रोतका अनुसार पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाले गुनासो गरेका थिए।

प्रधानमन्त्री प्रचण्डसँगको करिब आधा घण्टाको भेटवार्ताका क्रममा सिटौलाले आफ्नो कुरा राखेका थिए ।

सिटौलाले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन माओवादीले नमानेका कुरादेखि शान्ति प्रक्रियाका विभिन्न विषयमा केन्द्रित रहेर प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले भने सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन आफू सकारात्मक भए पनि पार्टीका साथीहरू नमानेको प्रतिक्रिया दिएका थिए।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै सहमत भएपछि राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रियसभामा आएका थिए ।

११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट सिटौला तत्कालिन कांग्रेस–माओवादी गठबन्धनको बलमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा गठबन्धन फेरेसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने बाटो बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077