Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - प्रचण्डले नै बहानाबाजी गरेर गठबन्धन भत्काए

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आधारहीन आरोप लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको आरोप लगाएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका महतले यस्तो बताएका हुन् । प्रवक्ता महतले प्रधानमन्त्री प्रचण्डले निर्वाचनका समयमा गरिएको प्रतिबद्धता र जनताले दिएको ‘म्यान्डेट’ लत्याएको आरोप लगाए।

प्रवक्ता महतले भने,'प्रधानमन्त्री प्रचण्डले सदनमा बोल्दा हाम्रो पार्टीको महासमिति बैठकमा प्रस्तुत भएको धारणा र उल्लेख भएको विषय, कोसीका कुरा आदि इत्यादि उल्लेख गर्नुभयो । म एभरेज उपलब्धिमा सन्तुष्ट छैन, माथि उपलब्धि हासिल गर्न चाहन्थेँ भन्नुभएको छ, यसमा पनि आधार छैन । बहानाबाजी थियो।'

उनले यस विषयमा पार्टीको कार्यसम्पादन र संसदीय दलको बैठक बसेर गठबन्धन बदल्ने निर्णय बेइमानी र विश्वासघात भएको निष्कर्ष निकालिसकेको बताए।

उनले संसद्को रोस्ट्रममा उभिएर बोल्दा प्रधानमन्त्री प्रचण्डले लगाएको आरोप कपोकल्पित र बहानाबाजीभन्दा केही नभएको जिकिर गरे ।

उनले निर्वाचनपश्चात् तीनपटक गठबन्धन बदल्ने काम प्रचण्डबाट भएको उल्लेख गरे ।

पार्टीको महासमिति बैठकबाट निर्णय नै गरेर गठबन्धन बलियो बनाउने भनिएको उनले बताए । तर, प्रचण्डले आरोप लगाएर गठबन्धन भत्काएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077