Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नवनिर्वाचित अध्यक्ष दाहालले भने - राष्ट्रियसभाको गरिमा बढाउन प्रयत्न गर्छु

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको महत्व बढाउन आफूले पहल गर्ने बताएका छन् ।

राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि बोल्दै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताए ।

अध्यक्ष दाहालले भने,'राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व र भूमिका पूरा गराउन म सबै दलसँग आबद्ध सदस्यलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु । त्यसमा सफल हुन्छु भन्नेमा मलाई विश्वास पनि छ । म त्यहीअनुसार अगाडि बढ्छु ।'

संविधानमा उल्लेख भएअनुसार राष्ट्रिय सभाले निर्वाह गर्नुपर्ने भूमिका तथा कार्यपालिकासँग जोडिएर आउने भूमिकालाई स्थापित गर्नेतर्फ आफूले काम गर्ने उनको भनाइ छ।

अध्यक्ष दाहालले विभिन्न पार्टीसँग आवद्ध राष्ट्रिय सभा सदस्यहरुलाई एकतावद्ध बनाएर लैजान आफू प्रतिवद्ध रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077