Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा अध्यक्ष दाहालद्धारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन्।

मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन्।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रियसभा बैठकमा मंगलबार दिउँसो भएको निर्वाचनमा दाहाल निर्वाचित भएका थिए।

शपथ ग्रहणपछि उनी सहिद स्मारक लैनचौरमा सहिदको शालिकमा माल्यार्पण गर्न गएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएका हुन्।

दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो।

मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए। दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077